शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
घुमघाम

‘देक्काइदो ओनसेन’ जापानी नामको नेपाली सत्कार

६ जना युवा : जो विदेशमा बसेर नेपालमा चलाइरहेका छन् रिसोर्ट
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । देक्काइदो ओनसेन अर्थात् ठूलो मन । जापानी शब्द भएपनि ठ्याक्कै नेपाली पन (सत्कार) सँग मिल्ने यो शब्दलाई टपक्कै टिपेर ६ जना युवाले हस्पिट्यालिटी सेवाको शुभारम्भ गरेका छन् । 

विदेशमा कमाएको पैसालाई स्वदेशमा नै सदुपयोग गर्ने उद्देश्यसहित ६ जनाले बुढानीलकण्ठमा जग्गाबाहेक ५ करोड रुपैयाँको लगानीमा देक्काइदो ओनसेन रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । 

बुढानीलकण्ठको शान्त वातावरण, शिवपुरी राष्ट्रिय निकुञ्जको छेवैमा सञ्चालित यो रिसोर्टले वाइल्ड लाइफको अनुभूति दिलाउनुका साथै ‘निड एण्ड क्लिन’ वातावरणमा हाइजेनिक फुडको स्वाद चखाउने उद्देश्य राखेको छ ।

dokkaido (1)

‘देक्काइदो ओनसेन अरुभन्दा भिन्न तर अलि पृथक रिसोर्ट हो । नेपाली हस्पिट्यालिटी क्षेत्रमा हामीले केही नयाँपन दिने कोसिस गरेका छौँ । विदेशिएका नेपालीहरुलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सन्देश दिनु छँदैछ, नेपालमा थप व्यवसायको नयाँ स्वाद दिने हाम्रो उद्देश्य हो,’ देक्काइदो ओनसेनका सञ्चालक एवम् प्रवन्ध निर्देशक खेम शर्मा बताउँछन् ।

dokkaido (3)

बुढानीलकण्ठ स्कुलको आडैमा करिब ७ रोपनी जग्गामा सञ्चालित रिसोर्टले नेपालीहरुको मात्रै होइन, विदेशी पाहुनाहरुको पनि उत्तिकै मन जितेको छ । नाम जापानी भएपनि रिसोर्टलाई इन्टरनेशनल कुजिनको अवधारणामा अघि बढाएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ । 

dokkaido (8)

सुरुवाती चरणमा रिसोर्टमा नेपाली र जापानी खाना मात्र पाक्थ्यो । अब भने यसको दायरा बढाइएको छ । खानाको परिकार र सत्कारलाई बढाउँदै देक्काइदोले विस्तारै नेपाली र जापानीसँगै थाई, चाइनिज, कोरियन इटालीयन खानाको टेस्ट समेत चखाउने उद्देश्य राखेको छ । 

dokkaido (15)

‘यद्यपि, रिसोर्टको विशेष परिकार भने उही जापानी फुड ‘प्राउन टेम्पुरा’, ‘बेन्तो बक्स’ र ‘रामेन’ नै हो । यसको स्वाद लिन नेपाली मात्र होइन, विदेशी पाहुनासमेत देक्काइदो आइरहेका छन्,’ प्रबन्ध निर्देशक शर्माले रातोपाटीसँग भने, ‘मुख्यतः हाम्रो ध्येय नै यहीँ हो । विदेशीहरु पनि एक छाक देक्काइदोको खाउँ न त भन्ने चाह राखुन् ।’

रामेन रिसोर्टमा नै बन्छ । शर्माका अनुसार जापानी परिकार रामेन बनाउने मेसिन देक्काइदो सञ्चालक समूहले नै पहिलो पटक नेपाल भित्र्याएका हुन् । अहिले पनि तारे होटलहरु मेरियट, हायात, एम्बेस्डर लगायतका ठूला होटल तथा रेष्टुरेन्टहरुमा उनीहरुले नै उक्त मेसिनको सप्लाइ गर्दै आइरहेका छन् । 

dokkaido (14)

रिसोर्टको विशेषता 

शान्त वातावरण, सफा, सुग्धर र हाइजेनिक फुडको साथमा प्राकृतिक वातावरणको मज्जा दिनु नै देक्काइदोको मुख्य: विशेषता हो । आधुनिक शैलीमा तर खरले छाएको रिसोर्ट हाउस, ब्याम्बो बार, ढुंगा र गिट्टी विछ्याइएका गल्लीहरुले रिसोर्टलाई विशेष बनाएको छ । 

अझ, प्राकृतिक भू–संरचनालाई नविगारी गरा गरालाई रिसोर्टको ब्लकहरुमा सञ्चालन गरिनु देक्काइदोको अर्को व्यवसायिक काइदा हो ।

dokkaido (12)

कुल ७ रोपनी जग्गालाई रिसोर्टले सवारी पार्किङदेखि पिकनिक स्पोर्ट, फेमिली ग्याडरिङ, नाइट स्टेका लागि टेन्टको समेत व्यवस्था गरेको छ । 

रिसोर्टको ढोका छेउमै नम्बरिङ सिस्टममा गाडी पार्किङको व्यवस्था गरिएको छ भने मूल ब्लकमा दैनिक आउने आगुन्तकहरुलाई सेवा सत्कारका लागि छुट्याइएको छ । 

dokkaido (11)

रेसोर्टको बाँया क्षेत्रतर्फ पिकनिक तथा विशेष पार्टीहरूका लागि स्पेस छुट्याइएको छ । ग्रुपमा रमाइलो गर्न चाहनेहरूका लागि रिसोर्टले छुट्टै भान्से सहितको किचनको व्यवस्था गरिदिएको छ । 

‘देक्काइदो वानसेनको आफ्नै केही नियम छन् । जस्तो कि यहाँ रमाइलो गर्न चाहनले अर्को व्यक्तिलाई डिस्टर्व गर्न पाउँदैन । पिकनिक, पारिवारिक जमघट, पार्टी लगायतका लागि छुट्टाछुट्टै ब्लकहरु छन् । 

dokkaido (10)

प्रत्येक टेबलमा फुड बेल राखिएको छ । टेबलमै डिजिटल फुड मेनु छ भने प्रत्येक ब्लकमा निश्चित भोलुम सहितको ब्लू टुथ कनेक्टिभिटी स्पीकरसमेत उपलब्ध छ । इच्छाअनुसार सेवाग्राहीले सुविधा उपभाग गर्न सक्छन्,’ शर्माले भने । 

तर, राती १० बजेपछि भने कोही पनि रिसोर्टमा घुमफिर, आउजाउ गर्न पाउँदैन । रिसोर्टको कुनै सेवा सुविधा, व्यवहारमा गुनासो भए सेवाग्राहीले गुनासो पेटीको व्यवस्था गरिएको छ ।

dokkaido (9)

हाल रिसोर्टमा खानाका लागि ५१ वटा टेबल रहेको छ भने ६ जना पाहुनाका लागि राति सुत्न मिल्ने गरी ३ वटा टेन्टको व्यवस्था गरिएको छ । आवश्यकताअनुसार रिसोर्टले थप टेन्टका साथै स्पिङ रुमको समेत व्यवस्था गर्दैछ । 

अर्गानिक रिसोर्ट हाउसको अवधारणमा अघि बढेको देक्काइदोले निकट भविष्यमै कृषि फार्मसमेत चलाउने लक्ष्य राखेको छ । आफ्नै उत्पादन रिसोर्टमार्फत् चखाउने योजना रिसोर्टले बनाएको छ । 

dokkaido (6)

रिसोर्टको अवस्था

जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया र स्वीट्जरल्याण्ड बस्ने ६ जना साथीहरु मिलेर ‘देक्काइदो ओनसेन’ रिसोर्ट सञ्चालन गरिरहेका हुन् । रिसोर्ट सञ्चालनको ९ महिनामै कम्पनीले निकै राम्रो व्यापार गर्न सफल भएको छ । दैनिक सञ्चालन खर्च, स्टाफ खर्चदेखि रिसोर्टको अन्य खर्च समेत कटाउँदा पनि राम्रै प्रोफिट बस्ने गरेको शर्मा सुनाउँछन् । 

दैनिक ३ सय हाराहारी सेवाग्राहीलाई हस्पिट्यालिटी सेवा प्रवाह गरिरहेको रिसोर्टले थप लगानीको क्षेत्रको समेत खोजी गरिरहेको शर्मा बताउँछन् ।

dokkaido (5)

‘मुख्यतः विदेशमा बसेर पनि आफ्नै देशमा केही गरौं भन्ने हाम्रो चाहना हो । साथै, विदेशमा बस्ने अरु नेपालीहरुलाई पनि व्यवसायमा जोड्दै जाने हाम्रो उद्देश्य हो । नेपालमा केही हुँदैन भन्नेहरुलाई जागरुक गराउन पनि हामी नेपालमा थप लगानी विस्तार गर्न चाहन्छौं,’ शर्माले रातोपाटीसँग भने । 

dokkaido (13)

त्यसो त देक्काइदो ओनसेनकै सिको गर्दै अन्य व्यवसायीहरुले समेत देक्काइदोसँग ‘चेन अफ ब्राण्ड’को  माग गर्दैछन् । तर, आफ्नो छुट्टै विशेषता तथा क्वालिटीलाई ख्याल गर्दै तत्काल रिसोर्ट चेन दिन आफूहरुले नचाहेको प्रबन्ध निर्देशक शर्मा बताउँछन् । 

dokkaido (4)

‘धेरै साथीहरु हामीलाई देक्काइदोको चेन देउ भनेका छन् । हामीलाई रिसोर्टको चेन दिन समस्या होइन । तर, देक्काइदोको आफ्नै विशेषता, रिसोर्टको सरसफाई, खानाको गुणस्तर र ब्राण्डको बदनाम हुन्छ कि भन्ने डर हो । हामी देक्काइदोको ब्राण्ड मर्न दिँदैनौं । यदि पछि चेन दिने नै भयौं भने पनि सम्झौता गरेर तोकिएको मापदण्ड पुर्‍याउनेलाई मात्र दिन्छौं’ शर्माले भने । 

dokkaido (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया