सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ?

शुक्रबार, २८ वैशाख २०८१, १८ : ०८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न बिहान उठ्ने बित्तिकै टहल्नु राम्रो हो । यस्तो बानीले शरीरमा ऊर्जा स्तर बढाउँछ । शारीरिक स्वास्थ्यको साथमा  मानसिक र भावनात्मक स्वास्थ्यलाई पनि फाइदा गर्छ । 

नियमित रूपमा बिहान हिँड्ने बानीले कयौँ खतरनाक रोगको जोखिम कम हुन्छ । बिहानको पैदल यात्रा सबै उमेर समूहका मानिसका लागि फाइदाजनक मानिन्छ ।

विज्ञहरूका अनुसार बिहान बिहानै हिँडडुल गर्दा मानिसको प्रतिरक्षा प्रणाली बलियो बन्छ । तनाव वा चिन्ताग्रस्त व्यक्ति बिहान नियमित रूपमा टहल्दा धेरै राहत मिल्दछ । दिनभर सकारात्मक र खुसी रहन बिहान उठ्ने बित्तिकै अवश्य हिँडडुल गर्नु पर्छ । वेबएमडीको रिपोर्टअनुसार बिहान उठेर हिँड्नु हाम्रो मानसिक स्वास्थ्यको लागि निकै राम्रो हुन्छ । मानिसहरूले हरेक दिन बिहान कम्तीमा पनि २० देखि ३० मिनेट पैदल यात्रा गर्नु वेश हुने धेरैजसो अध्ययनहरूले देखाएको छ ।

सम्भव छ, समय मिल्छ भने १ घण्टा पनि हिँड्न सक्नुहुन्छ । यसबाट स्वास्थ्यलाई अचम्मको फाइदा हुन्छ । हरेक हप्ता कम्तीमा पनि लगातार ५ दिन हिँड्नु जरुरी छ । नियमित रूपमा यस्तो गर्दा झन् धेरै लाभ पाइनेछ । मर्निङ वाकले दिनको सुरुआत मात्रै होइन अन्त्य पनि राम्रो मुडमा गर्न सघाउँछ । सबै उमेरका मानिसले आफ्नो क्षमता अनुसार बिहान हिँडडुल  गर्न सक्छन् ।

हरेक दिन बिहान उठेपछि केही बेर टहल्दा फ्लूको संक्रमणको जोखिम कम हुन्छ । हप्तामा ५ दिन कम्तीमा २० मिनेट हिँड्ने मानिसहरू बिरामी पर्ने  जोखिम ४३ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । हरेक बिहान १ घण्टा छिटो छिटो हिँड्दा आयु बढ्ने धेरै अनुसन्धानहरूले देखाएको छ । बिहानको पैदल यात्राले हाम्रो मस्तिष्कको कार्य क्षमतामा सुधार ल्याउँछ र सोच्ने क्षमता पनि बढ्छ । बिहानको हिँडडुल हड्डी र जोर्नीका लागि पनि फाइदाजनक हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार नियमित रूपमा बिहान पैदल हिँड्दा मुटु रोग, स्ट्रोक, मधुमेह र केही प्रकारको क्यान्सरको जोखिम कम हुन्छ । उच्च रक्तचापका बिरामीका लागि बिहान पैदल यात्रा निकै फाइदाजनक मानिन्छ । यस्ता बिरामीहरू टहल्दा रक्तचाप नियन्त्रित राख्न मद्दत मिल्छ । मुटुको स्वास्थ्यका लागि पनि मर्निङ वाक फाइदाजनक मानिन्छ । घुँडा र मांसपेशीको लागि पनि यो निकै लाभदायक छ । मर्निङ वाकका अनेकन फाइदा छन् । बिहान २० देखि ३० मिनेट हिँडडुल गरेकै भरमा यी सबै लाभ पाउन सकिनछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप