सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा

बिहीबार, २७ वैशाख २०८१, २० : २७
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढवा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।

कार्यक्रमले प्रमुख आठ स्थानमा हुनेछन् । जसमा काठमाडौँ (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौँडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको बताइएको छ । यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढवा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।

इन्ड्राइभ सबैका लागि समावेशी र पहुँचयोग्य अनुभव प्रदान गर्न समर्पित छ, विशेष गरी बालबालिका र धावकहरूका लागि जोसँग अन्य अवस्थामा त्यस्ता अवसरहरूमा पहुँच नहुन सक्छन् । कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् ।

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औँ काठमाडौँ म्याराथनमा भाग लिने अवसर पाउनेछन् । इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले भनिन्, ‘हामी गत वर्षदेखि यो सहकार्य जारी राख्न पाउँदा र यो असाधारण कार्यक्रम पुनः प्रस्ताव गर्न पाउँदा खुसी छौँ । हाम्रो लक्ष्य मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप