दुई एआईजीको सरुवा, जोशी र ढकालको पदस्थापन
बिहीबार, २७ वैशाख २०८१, २० : ३०

काठमाडौँ । नेपाल प्रहरीको दुईजना एआईजीको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सुदीप गिरीलाई सरुवा गरिएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा सरुवा गरेको छ । बिहीबार एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाललाई मानवश्रोत विकास विभाग र उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रधानमन्त्रीको कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया