अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने

काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले निमार्ण गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) पुनरावलोकन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति दोलखाले दोलखाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यान्वयन गर्न बुझाएको पत्र बुझ्दै ऊर्जामन्त्री बस्नेतले पीपीए पुनरावलोकनको प्रतिबद्धता जनाएका हुन् ।
समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत ७ बुँदे निर्णय गरेको थियो । ७ बुँदे निर्णय अनुसार अपर तामाकोसीमा ऋण लगानीकर्तालाई ब्याज घटाउन पहल गर्ने उल्लेख छ । तामाकोसीमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र बीमा संस्थान लगानी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणसँग पीपीए गरेका अन्य जलविद्युत आयोजनाहरूको प्रति युनिट वर्षातमा ४.८० र हिउँदमा ८.४० रुपैयाँ छ । तर, अर्धजलाशययुक्त आयोजना भएकाले माथिल्लो तामाकोसीमा भने वर्षातमा ३ रुपैयाँ र हिउँदमा ४ रुपैयाँ मात्रै रहेको छ । माथिल्लो तामाकोसीको पीपीए कम भएकै कारण आम्दानी कम देखिँदा आयोजना पूरा भएको ३ वर्ष पुगिसक्दा समेत सेयर लगानीकर्ताले प्रतिफल पाएका छैनन् ।
४५६ मेगावाटको स्वदेशी लगानीमा बनेको सबैभन्दा ठुलो जलविद्युत आयोजनामा ८ लाख बढी सर्वसाधारणको सेयर लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने