सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा २२ करोड बचत

शुक्रबार, २८ वैशाख २०८१, ०९ : १२
शुक्रबार, २८ वैशाख २०८१

बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षमा विद्युतीय माध्यमबाट ठेक्का लगाएर करिब २२ करोड बचत गरेको छ । उपमहानगरले  चालु आर्थिक वर्ष २०८०-०८१ मा विद्युतीय माध्यमबाट ठेक्का आह्वान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैयाँ बचत गरेको हो ।

चालु आर्थिक वर्षमा नगर प्रमुख राजन पौडेलको विशेष निर्देशनमा ४३ वटा विभिन्न शीर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाँको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आह्वान गरेको थियो ।

जसमा ठेकदार कम्पनीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयाँमा योजनाको ठेक्का कबोल गरेका थिए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ ।

त्यस्तै उपमहानगरपालिकाले ८ वटा शीर्षकमा गरिएको १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाँको बोलपत्र आह्वानमा ठेकदार कम्पनीले १ करोड १ लाख ४७ हजार ९ सय ५८ रुपैयाँमा घटेर कबोल गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी साहले जनाएका छन् । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा पारदर्शी ढङ्गले व्यावसायिक निर्माण कम्पनीहरूले काम पाएको जनाएको छ । 

 ठेक्का मार्फत काम हुँदा कामको गुणस्तर राम्रो हुने उपमहानगरको दाबी छ । 

विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा दीर्घकालीन रूपमा राम्रो प्रभाव हुने र नगरपालिकाको भौतिक विकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप