मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् गर्मीमा दही खानुका फाइदा

शुक्रबार, २८ वैशाख २०८१, १८ : १९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ । 

दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ ब्याक्टेरिया पाइन्छ, जुन हाम्रो स्वास्थ्यको लागि चमत्कारी साबित हुन सक्छन् । दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली सुधार्छ र हड्डीलाई मजबुत पनि बनाउँछ ।

दहीको सेवनले रक्तचापको समस्याबाट पनि राहत पाउन सकिन्छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई पनि धेरै हदसम्म सुधार गर्न सक्छ । दैनिक १–२ कप दही खाँदा मधुमेहको जोखिम कम हुने पनि अध्ययनले देखाएको छ ।

जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार दहीको नियमित सेवनले इन्सुलिन सेन्सेटिभिटीमा सुधार ल्याउन र टाइप २ मधुमेहको जोखिम कम गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले ग्लुकोज मेटाबोलिज्मलाई नियमित गर्न मद्दत गरेर रगतमा चिनी नियन्त्रण गर्ने अध्ययनको क्रममा पाइएको छ ।

मधुमेहका बिरामीका लागि पनि दही फाइदाजनक छ । दहीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ । इन्टरनेशनल जर्नल अफ ओबेसिटीमा प्रकाशित अर्को अध्ययनका अनुसार दैनिक आहारमा दही समावेश गर्नेहरूलाई दही नखानेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम कम हुन्छ ।

सन् २०१४ मा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । धेरै दही खाँदा टाइप २ मधुमेहको जोखिम कम हुन्ने सो अनुसन्धानले देखाएको थियो । अचम्मको कुरा चाँहि के थियो भने अन्य दूधजन्य उत्पादनहरू मधुमेहबाट जोगिन दहीजत्तिको प्रभावकारी साबित भएनन् । दैनिक रुपमा दही खाँदा टाइप २ मधुमेहको जोखिम १८ प्रतिशतसम्म कम हुने अनुसन्धानको क्रममा पाइएको छ ।

दहीले प्रोबायोटिक्सले इन्सुलिन संवेदनशीलता सुधार गर्दछ र इन्फ्लेमेशन (सुन्निएको) कम गर्न पनि मद्दत गर्दछ । यसका कारण रोगहरुको जोखिम कम हुन्छ । तर, यस सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । मधुमेह रोक्न दही अचुक वाण भने होइन । मधुमेहले नछोओस् भन्ने चाहने हो भने स्वस्थ आहार, राम्रो जीवनशैली र तौल नियन्त्रणमा राख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप