सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सूर्यदर्शन सहकारी प्रकरण

सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन

बिहीबार, २७ वैशाख २०८१, १९ : ३७
बिहीबार, २७ वैशाख २०८१

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएको छ । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदन मेयर धनराज आचार्यले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई बुझाएका छन् । 

महानगरपालिकामा एक कार्यक्रमका बिच आचार्यले प्रतिवेदन बुझाएका हुन् । अब यसकै आधारमा प्रहरीले थप अनुसन्धान गर्नेछ । ‘नयाँ प्रतिवादीहरू थपिएका छन् । अनुसन्धान मिहिन ढंगबाट गरिएको छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘प्राप्त विवरण र सफ्ट्वेयरहरु हेरेर रिपोर्ट लेखिएको छ ।’

पीडितहरूले भने पूरक अनुसन्धानमा छानबिन समिति दबाब र प्रभावमा परेको आरोप लगाएका छन् । ‘अनुसन्धान राम्रो भएको छैन । केही व्यक्तिहरूलाई नियोजित रूपमा जोगाउने प्रयास गरिएको छ,’ संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘पूरक अनुसन्धानबाट राहत पाइएला भनेको झनै समस्या होला जस्तो छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप