सूर्यदर्शन सहकारी प्रकरण
सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन
बिहीबार, २७ वैशाख २०८१, १९ : ३७
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएको छ । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदन मेयर धनराज आचार्यले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई बुझाएका छन् ।
महानगरपालिकामा एक कार्यक्रमका बिच आचार्यले प्रतिवेदन बुझाएका हुन् । अब यसकै आधारमा प्रहरीले थप अनुसन्धान गर्नेछ । ‘नयाँ प्रतिवादीहरू थपिएका छन् । अनुसन्धान मिहिन ढंगबाट गरिएको छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘प्राप्त विवरण र सफ्ट्वेयरहरु हेरेर रिपोर्ट लेखिएको छ ।’
पीडितहरूले भने पूरक अनुसन्धानमा छानबिन समिति दबाब र प्रभावमा परेको आरोप लगाएका छन् । ‘अनुसन्धान राम्रो भएको छैन । केही व्यक्तिहरूलाई नियोजित रूपमा जोगाउने प्रयास गरिएको छ,’ संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘पूरक अनुसन्धानबाट राहत पाइएला भनेको झनै समस्या होला जस्तो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण