नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट ४९६ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । विश्वका १२ वटा मुलुकले नेपालबाट यार्सागुम्बा किन्दै आइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै हङकहङ र कम्बोडियाले किन्ने गरेका छन् ।
यस अवधिमा हङकङमा १३ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड १६ लाख, अमेरिकामा ५१ लाख, बेलायतमा २० लाखको निर्यात भएको छ । यस्तै, सिंगापुरमा १ करोडको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ । मलेसियाले ३४ लाखको यार्सागुम्बा किन्दा इटाली, चीन, कोरिया, फ्रान्स र जर्मनीले समेत नेपालबाट यार्सागुम्बा किन्दै आएका छन् । गत आर्थिक वर्ष नेपालबाट २२ करोड ५७ लाख रुपैयाँको ३७१ किलो यार्सागुम्बा निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी