६९ जना गैह्रसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान
काठमाडौँ । नेपाली सेनाको २६० औं सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले ६९ जना गैह्र सैनिकलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा आयोजित समारोहमा प्रधान सेनापति शर्माले प्रशंसा निशान प्रदान गरेका हुन् ।
प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित हुनेमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि अमृतबहादुर राई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, उप–मेयर मसली माया थोकर, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी छन् । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत चिकित्सक (डिएसपी) डा. सौरभ श्रेष्ठ, केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर हिरेन्द्र रोकाया र नेपाल प्रहरी अस्पतालका चिकित्सक (डिएसपी) डा.सरोज सिंहलाई पनि प्रशंसा निशान प्रदान गरिएको छ ।

सैनिक श्रीमती संघकी उपाध्यक्ष उमा खड्का, सल्लाहकार नीता सिग्देल क्षेत्री, मुना थापा र तारा ढकालसहित १२ जनालाई प्रधान सेनापति शर्माले प्रशंसा निशान प्रदान गरेका छन् । अल जजिराका फोटो पत्रकार विष्णुप्रसाद घिमिरे, पर्दाफास डटकमका सम्पादक दिपक खरेल र दिपेन्द्र कुमार राईलाई पनि प्रशंसा निशान प्रदान गरिएको छ । सशस्त्र प्रहरी अस्पतालका डा.सौरभ श्रेष्ठले कोभिड–१९ संक्रमणको जोखिममा सेनासँगको सहकार्यमा संक्रमितको उपचार गरेका थिए । सिआईबीका इन्स्पेक्टर हिरेन्द्र रोकायाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको शिकार र खाग बेचविखन गर्नेहरुबारे सफल अनुसन्धान गरेका थिए ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा सेनाले विभिन्न ७ निकायलाई प्रधान सेनापति कदर पत्र प्रदान गरेको छ । गोरखा नगरपालिका, सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्र सहित ७ निकायलाई प्रधान सेनापति शर्माले कदर पत्र प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण