मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

६९ जना गैह्रसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान

सात निकायलाई कदरपत्र प्रदान
शनिबार, ०६ फागुन २०७९, १४ : ५८
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । नेपाली सेनाको २६० औं सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले ६९ जना गैह्र सैनिकलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा आयोजित समारोहमा प्रधान सेनापति शर्माले प्रशंसा निशान प्रदान गरेका हुन् । 

प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित हुनेमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि अमृतबहादुर राई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, उप–मेयर मसली माया थोकर, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी छन् ।  सशस्त्र प्रहरी अस्पतालमा कार्यरत चिकित्सक (डिएसपी) डा. सौरभ श्रेष्ठ, केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर हिरेन्द्र रोकाया र नेपाल प्रहरी अस्पतालका चिकित्सक (डिएसपी) डा.सरोज सिंहलाई पनि प्रशंसा निशान प्रदान गरिएको छ । 

army

सैनिक श्रीमती संघकी उपाध्यक्ष उमा खड्का, सल्लाहकार नीता सिग्देल क्षेत्री, मुना थापा र तारा ढकालसहित १२ जनालाई प्रधान सेनापति शर्माले प्रशंसा निशान प्रदान गरेका छन् ।  अल जजिराका फोटो पत्रकार विष्णुप्रसाद घिमिरे, पर्दाफास डटकमका सम्पादक दिपक खरेल र दिपेन्द्र कुमार राईलाई पनि प्रशंसा निशान प्रदान गरिएको छ ।  सशस्त्र प्रहरी अस्पतालका डा.सौरभ श्रेष्ठले कोभिड–१९ संक्रमणको जोखिममा सेनासँगको सहकार्यमा संक्रमितको उपचार गरेका थिए । सिआईबीका इन्स्पेक्टर हिरेन्द्र रोकायाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको शिकार र खाग बेचविखन गर्नेहरुबारे सफल अनुसन्धान गरेका थिए । 

महाशिवरात्री तथा सेना दिवसको अवसरमा सेनाले विभिन्न ७ निकायलाई प्रधान सेनापति कदर पत्र प्रदान गरेको छ । गोरखा नगरपालिका, सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्र सहित ७ निकायलाई प्रधान सेनापति शर्माले कदर पत्र प्रदान गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप