सेना दिवसमा जुम्लाका दुई व्यक्ति सम्मानित
शनिबार, ०६ फागुन २०७९, १९ : २५
जुम्ला । नेपाली सेना दिवसको अवसरमा जुम्लाका दुई जना व्यक्तित्व सम्मानित भएका छन् । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो। सैनिक मञ्च टुँडिखेलमा
सैनिक दिवसको अवसरमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जुम्लाका विष्णुबहादुर बुढ्थापा सम्मानित भएका हुन । शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजिक समारोहमा उनीहरु सम्मानित भएका हुन् । महतले
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन ०७९ स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गरेको भन्दै सेनाले सम्मान गरेको हो । त्यस्तै समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमुल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण