मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेना दिवसमा जुम्लाका दुई व्यक्ति सम्मानित

शनिबार, ०६ फागुन २०७९, १९ : २५
शनिबार, ०६ फागुन २०७९

जुम्ला । नेपाली सेना दिवसको अवसरमा जुम्लाका दुई जना व्यक्तित्व सम्मानित भएका छन् । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो। सैनिक मञ्च टुँडिखेलमा
सैनिक दिवसको अवसरमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जुम्लाका विष्णुबहादुर बुढ्थापा सम्मानित भएका हुन । शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजिक समारोहमा उनीहरु सम्मानित भएका हुन् । महतले
 प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन ०७९ स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न  भूमिका निर्वाह गरेको भन्दै सेनाले सम्मान गरेको हो । त्यस्तै समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमुल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप