इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई
काठमाडौँ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस वर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मातृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता सुरु गरेका थिए । सुशासन/सार्वजनिक प्रशासन,आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् ।
त्यस्तै पुरस्कृत अर्का पत्रकार वाग्ले विगत १५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । महिलामाथि हुने विभेद, सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएकी पत्रकार वाग्लेले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छिन् ।
५० हजार राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण