मैले कति योगदान गर्न सकेँ थाहा, छैन तर देशले क्रिकेट जितेको छ : सन्दीप
बुधबार, १० फागुन २०७९, १० : ५८
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफूले कति योगदान गरेँ भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेकामा खुसी भएको बताएका छन् ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो । ‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।
सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई सिरिज जिताउन महत्वपूर्ण भूमिका खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण