टेबल टेनिस टोली भारत जाँदै
शुक्रबार, १२ फागुन २०७९, २२ : ४५
काठमाडौँ । डब्लुटीटी स्टार कन्टेन्डर गोवामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २७ देखि मार्च ३ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।
व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा राकेश महर्जन छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे । टोलीको प्रायोजन सम्झना ल्याबोरेटरी क्लिनिक प्रालि ले गरेको बताइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण