कविता
दुखियाको मुक्ति निम्ति लड्ने एकै थरि
शनिबार, १३ फागुन २०७९, ०९ : ३४

चाहे कोही अग्लो, चाहे होस् होचो
चाहे कोही कालो, चाहे होस्गोरो
समानताको लडाइँ लड्छौं भने
सबै एकै थरि ।
चाहे शुट लगाऔं, चाहे फाटेका लुगा
चाहे गाडी चढौं, चाहे पैदल यात्रा
गरिबका पक्षमा उभिनेहरु
हामी एकै थरि ।
चाहे मीठो खाऔं, चाहे खस्रो
चाहे चन्द्र टेकौं, चाहे धर्ती खोस्रौं
धनी गरिबको भेद मेट्न
लाग्ने एकै थरि ।
चाहे परदेशी हौं, चाहे स्वदेशी
चाहे सहरिया हौं, चाहे गाउँबासी
दुखियाको मुक्तिनिम्ति
लड्ने एकै थरि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा