कविता
दुखियाको मुक्ति निम्ति लड्ने एकै थरि
शनिबार, १३ फागुन २०७९, ०९ : ३४
चाहे कोही अग्लो, चाहे होस् होचो
चाहे कोही कालो, चाहे होस्गोरो
समानताको लडाइँ लड्छौं भने
सबै एकै थरि ।
चाहे शुट लगाऔं, चाहे फाटेका लुगा
चाहे गाडी चढौं, चाहे पैदल यात्रा
गरिबका पक्षमा उभिनेहरु
हामी एकै थरि ।
चाहे मीठो खाऔं, चाहे खस्रो
चाहे चन्द्र टेकौं, चाहे धर्ती खोस्रौं
धनी गरिबको भेद मेट्न
लाग्ने एकै थरि ।
चाहे परदेशी हौं, चाहे स्वदेशी
चाहे सहरिया हौं, चाहे गाउँबासी
दुखियाको मुक्तिनिम्ति
लड्ने एकै थरि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण