बागमती प्रदेशसभाको बैठक ५ बजेलाई सर्यो
आइतबार, १४ फागुन २०७९, १५ : ३६
काठमाडौँ । आइतबार १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साढे ५ बजे बस्नेगरी सरेको छ । आइतबारको बैठकमा कर्मचारी सम्बन्धि दुई विधेयक पेश गर्ने कार्यतालिका रहेको थियो । तर ती विधेयकमा संशोधन प्रस्ताव बढि परेपछि सहमति जुटाउन सकस परेको छ ।
प्रदेशसभा बैठकअघि विधेयकबारे समितिमा सहमति जुटाउन बसेको विधेयक व्यवस्थापन विषेश समितिको बैठक बिहान ८ बजेदेखि अहिलेसम्म बसिरहेको छ । उक्त समितिका सभापति दिनेशचन्द्र देवकोटा रहेका छन् ।
सो समितिमै संशोधन प्रस्तावमाथि सहमति नजुट्दा प्रदेश संसद सचिवालयले १ बजेका लागि बोलाएको बैठक सरेको सुचना जारी गर्दै आइतबार बेलुका साढे ५ बजे बस्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण