अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाइयो
_8RZqbhBUgz.jpg)
काठमाडौँ । नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत स्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५औँ जन्मजयन्ती मनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले आइतबार प्रतिष्ठानकै कार्यालयमा गुरुङको ८५ औँ जन्म जयन्ती मनाएको हो ।
अम्बर गुरुङको तस्बिरमा माल्यार्पण गर्दै प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा (प्रगति), नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य प्रदीप अधिकारी लगायतले गुरुङप्रति श्रद्धासुमन अर्पण गरे ।
सो प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् गायिकाद्वय राधा राई र कला राईले गुरुङको गीत गाउँदै उनलाई सम्झिए । कार्यक्रममा राधाले सम्हालेर राख... र कलाले पोखिएर घामको झुल्का..गीत गाएका थिए ।
संगीत नाट्यकी कुलपति शर्माले अम्बर गुरुङसँग विगतमा भेटघाट र काम गर्दाको अनुभव सुनाउँदै नेपाली सुगम संगीतमा गुरुङको योगदानको उल्लेखनीय योगदान रहेको चर्चा गरिन् ।
कार्यक्रमका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ संगीतकार शम्भु राई लगायतले नेपाली सुगम संगीतको प्रवर्धनमा अम्बर गुरुङको योगदानको चर्चा गरे । गुरुङ जन्म १९९४ साल १४ फागुनमा दार्जिलिङमा जन्मिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त
-
विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
-
महासचिव शंकरको प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार, अष्टलक्ष्मीसँग सवाल–जवाफ
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?