राजनीति
राजीनामा बुझाउन एमालेका मन्त्रीहरु बालुवाटार जाँदै
सोमबार, १५ फागुन २०७९, १३ : ५३

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार जान लागेका हुन् ।
‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ’कृषिमन्त्री ज्वाला साहले रातोपाटीसँग भनिन्, ‘हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
आमिरले आमा र प्रेमिका गौरीको गराइदिए भेट
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको सहकार्य
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार