शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकार संघलाई 'अन्तर्राष्ट्रिय सेवा पुरस्कार'

मङ्गलबार, १६ फागुन २०७९, ०८ : १३
मङ्गलबार, १६ फागुन २०७९

क्यालिफोर्निया । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार सङ्घ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार”द्वारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जानकारी दिए ।

संस्थाका महासचिव दीपेश लामाका अनुसार श्रमजीवी पत्रकार सङ्घ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्याय दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रुपमा सम्मान गर्न लागिएको हो । संस्थाले २० हजार रकम र ताम्रापत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ । 

श्रमजीवी पत्रकार सङ्घले श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यपक्षसँग निरन्तर दबाब दिँदै आएको छ । साथै श्रमजीवीहरुलाई आत्मनिर्भर बनाउन मिडिया नै आत्मनिर्भर हुनुपर्नेलगायतका मुद्दा उठाउँदै आएको छ ।

श्रमजीवी पत्रकार सङ्घसहित अन्य सञ्चार सम्बद्ध १० वटा संस्थाहरूलाई पनि सम्मान गर्ने महासचिव लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  सम्मानित संस्थाहरूमा आदिवासी जनजाति पत्रकार महासङ्घ, शिक्षा पत्रकार समूह, राष्ट्रिय दलित पत्रकार सङ्घ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन् । सम्मान आगामी वैशाख ७ गते प्रदान गरिने आयोजकले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप