आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साह सरकारमा जालान् ?

मङ्गलबार, १६ फागुन २०७९, १५ : २६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जान गृह कार्य थालेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा साह समेत जान तयारी गरेका हुन् ।

सत्ता साझेदार आठ दलमा प्रभु नेतृत्वको जनमत पार्टी समेत थपिन सक्ने प्रचण्ड निकट एक पदाधिकारीले बताए । ‘सरकारमा सहभागी हुने पार्टी ८ दल छन् त्यसमा प्रभु साह समेत आउने तयारी गरेका छन्’ ति पदाधिकारीले भने, ‘यदि सहमति भएमा ९ दल सत्ता साझेदार हुन सक्छ ।’

तर, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको जिकिर गरे । ‘हामी सरकारमा जाने तयारी गरेका छैनांै ।  सरकारमा जान कतै भेटघाटपनि भएको छैन’ साहले भने । साह नेतृत्वको पार्टीमा प्रतिनिधि सभामा उनी मात्रै सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप