बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपालमा आत्महत्या गर्ने बढ्दै

बिहीबार, १८ फागुन २०७९, ०५ : ४०
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो । 

पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५/७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६/७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे । पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,' जनस्वास्थ अधिकृत मिजारले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप