नेपालमा आत्महत्या गर्ने बढ्दै
काठमाडौँ । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो ।
पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५/७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६/७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे । पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,' जनस्वास्थ अधिकृत मिजारले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण