म त जलेर खरानी भएँ
मैले नि जीवनमा धेरै सपना देखेको थिएँ
एउटा सुन्दर संसार बनाउँला सोचेको थिएँ
तर, सोचेको जस्तो नहुँदो रहेछ यहाँ
लौ हेर, म त जलेर खरानी भएँ ।
छोरा छोरीलाई ठुलो मान्छे बनाउँछु सोचेको थिएँ
सधैँ बाबाको न्यानो माया दिन्छु सोचेको थिएँ
तर आज तिमीहरूलाई टुहुरो बनाई छाडेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
प्यारी तिमीसँग सात जन्म नछुट्टिने वाचा गरेको थिएँ
हरेक दुःख सुखमा साथ दिने कसम खाएको थिएँ
तर, आज तिमीलाई आधी बाटोमा एक्लै छोडेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
आमा हजुरलाई तीर्थ यात्रा गराउँला भनेको थिएँ
ती आँखालाई यो संसार देखाउँला सोचेको थिएँ
तर आज ती आँखा नै धमिलो पारेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
बुवा हजुरको बुढेसकालको लाठी बन्छु भनेको थिएँ
हजुरलाई सके जतिको खुसी दिउँला सोचेको थिएँ
तर, आज यो बुढेसकालमा हजुरलाई रुवाई छोडेर गए
लौ हेर, म त जलेर खरानी भएँ ।
म त जलेर खरानी भएँ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण