म त जलेर खरानी भएँ

मैले नि जीवनमा धेरै सपना देखेको थिएँ
एउटा सुन्दर संसार बनाउँला सोचेको थिएँ
तर, सोचेको जस्तो नहुँदो रहेछ यहाँ
लौ हेर, म त जलेर खरानी भएँ ।
छोरा छोरीलाई ठुलो मान्छे बनाउँछु सोचेको थिएँ
सधैँ बाबाको न्यानो माया दिन्छु सोचेको थिएँ
तर आज तिमीहरूलाई टुहुरो बनाई छाडेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
प्यारी तिमीसँग सात जन्म नछुट्टिने वाचा गरेको थिएँ
हरेक दुःख सुखमा साथ दिने कसम खाएको थिएँ
तर, आज तिमीलाई आधी बाटोमा एक्लै छोडेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
आमा हजुरलाई तीर्थ यात्रा गराउँला भनेको थिएँ
ती आँखालाई यो संसार देखाउँला सोचेको थिएँ
तर आज ती आँखा नै धमिलो पारेर गएँ
लौ हेर, म त जलेर खरानी भएँ ।
बुवा हजुरको बुढेसकालको लाठी बन्छु भनेको थिएँ
हजुरलाई सके जतिको खुसी दिउँला सोचेको थिएँ
तर, आज यो बुढेसकालमा हजुरलाई रुवाई छोडेर गए
लौ हेर, म त जलेर खरानी भएँ ।
म त जलेर खरानी भएँ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’