टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी

अंकरा । टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते (बिहान ४ः१७ बजे) ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।
भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो । उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् । त्यस क्षेत्रमा ९ घण्टापछि ७.५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् । ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी)’ ले टर्की र सिरियामा ‘दोस्रो विपत्ति’ आउन नदिन स्वास्थ्य, मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताका लागि दिगो अल्पकालीन र दीर्घकालीन प्रतिक्रियाको तत्काल आवश्यकता रहेको चेतावनी दिएको छ ।
टर्की सरकारका अनुसार विपत्तिबाट कूल दुई लाख १४ हजार भवनहरूमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । प्रभावित कूल नौ लाख ११ हजार नौ सय ४२ व्यक्तिहरूलाई कहरमानमारस, हताय, उस्मानिय र मालत्या प्रान्तका चार वटा घुम्ती सामाजिक सेवा केन्द्रहरूमा मनोसामाजिक सहायता प्रदान गरिएको टर्कीको सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर