अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि समिति गठन
सोमबार, २२ फागुन २०७९, ०८ : २२
बोस्टन । प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि चयन समिति गठन गरेको छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूलाई उत्कृष्ट काम गर्न प्रेरित गर्ने उद्देश्यअनुसार स्थापित यो पुरस्कार अनेसास पाँचौँ च्याप्टर सम्मेलनका अवसरमा बोस्टनमा प्रदान गरिने छ ।
नगद ५०१ डलर र सम्मान-पत्र रहेको उक्त पुरस्कार यस पटकका लागि अनेसास बिओटी सभापति पदम विश्वकर्माद्वारा प्रायोजन हुनेछ । चयन समितिमा अनेसासका महासचिव विमला निरौलाको रोहवरमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र पूर्व अध्यक्ष राधेश्याम लेकाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल
-
विश्वकप अगाडि सबैलाई अवसर दिइयो : कप्तान पौडेल
-
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
-
‘मधेसवादी दलले एजेन्डा, माओवादीले विचार छाड्यो, दुवै एक साथ कमजोर भए’
-
बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति
-
विश्वकपका लागि नेपाली टोलीको घोषणा, को–को परे ?