अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि समिति गठन
सोमबार, २२ फागुन २०७९, ०८ : २२
बोस्टन । प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि चयन समिति गठन गरेको छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूलाई उत्कृष्ट काम गर्न प्रेरित गर्ने उद्देश्यअनुसार स्थापित यो पुरस्कार अनेसास पाँचौँ च्याप्टर सम्मेलनका अवसरमा बोस्टनमा प्रदान गरिने छ ।
नगद ५०१ डलर र सम्मान-पत्र रहेको उक्त पुरस्कार यस पटकका लागि अनेसास बिओटी सभापति पदम विश्वकर्माद्वारा प्रायोजन हुनेछ । चयन समितिमा अनेसासका महासचिव विमला निरौलाको रोहवरमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र पूर्व अध्यक्ष राधेश्याम लेकाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण