बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार सिटौलालाई अनेसास डायस्पोरा साहित्यरत्न

मङ्गलबार, २३ फागुन २०७९, १८ : २६
मङ्गलबार, २३ फागुन २०७९

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप पुरस्कार प्रदान गरिने भएको हो । 

नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि न्यूयोर्कमा स्थापित तारा-किशन फाउण्डेशनको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ। मार्च १०-१२ मा हुने बोस्टन सम्मेलनमा साहित्यकार सिटौलालाई पुरस्कृत गरिने छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप