बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक विमान ठोक्किँदा चालकको मृत्यु

मङ्गलबार, २३ फागुन २०७९, २१ : २९
मङ्गलबार, २३ फागुन २०७९

रोम । इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किँदा दुवै विमानका चालकको मृत्यु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालकको मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएका छन् । 

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् । (रासस /एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप