शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन : शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले शान्ति प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुर्याउनुको विकल्प नभएको जिकिर गरेका छन् । शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने उनले तर्क गरेका हुन् ।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन। यस प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको षड्यन्त्र हो। प्राप्त उपलब्धिको रक्षा गर्न शान्ति प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा मार्फत निष्कर्षमा पुर्याउनुको विकल्प छैन।’
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटसर्वोच्चमा दायर भइसकेको छ । मुद्दाको बिहीबारलाई पेसी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण