सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी धारमा प्रभु साह पनि समेटिए

शुक्रबार, २६ फागुन २०७९, १६ : १४
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । माओवादी धारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत समेटिएका छन् । माओवादी धारका आठ दलमा साह समेत समेटिएका हुन् । माओवादीबाट एमाले प्रवेश गरेका साहले पछिल्लो समय आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् । आफ्नै नेतृत्वमा पार्टी खोलेपछि साहलाई समेत बैठकमा बोलाएको छ । ‘माओवादी धारको बैठकमा मलाई बोलाउनुभएको थियो ।

उपत्यका बाहिर भएकाले बैठकमा सहभागी हुन सकेको छैन’ रातोपार्टीसँग कुरा गर्दै साहले भने, ‘आगामी बैठकमा सहभागी भएर प्रतिनिधित्व गर्नेछु ।’ तत्कालीन माओवादी जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने साहले बताए । माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहलाई भने बोलाएको छैन । माओवादी छाडेर एमाले प्रवेशगरी सकेकाले बैठकमा बोलाएको छैन । पार्टी गठन गरेकालाई मात्रै बैठकमा बोलाएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रसहित, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल छन् । आठ माओवादी धारमा अब साह नेतृत्वको आमजनता पार्टी समेत समेटिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप