जनयुद्धको घाटी रेट्न पाइँदैन : प्रभु साह
काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले जनयुद्धको घाटी रेट्न नपाइने टिप्पणी गरेका छन् । माओवादी धारको पत्रकार सम्मेलनमा बोल्दै साहले जुन आमाको दूध खाने त्यहीँ आमालाई घाटी रेटे जस्तो भएको बताए ।
‘यो देशलाई यहाँसम्म ल्याउने शान्ति सम्झौता हो । शान्ति सम्झौताको बेसमा संविधान बनेको हो, साहले भने, ‘गणतन्त्रको लाभ लिने गणतन्त्रबाट असर लिने अनि जनयुद्धको विरोध गर्न मिल्छ ? जनयुद्धबाट लाभ लिने उपयोग गर्ने र जनयुद्धलाई विरोध गर्न मिल्दैन । जुन आमाको दुख खाने त्यहीँ आमाको घाटी रेटे जस्तो भएन !’ जनयुद्धकालीन मुद्दाको कुरा गर्ने हो विद्रोही पक्ष पीडित हुने भएकाले सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपन हुनुपर्ने साहले बताए ।
बृहत् शान्ति सम्झौता राज्यले पालना गर्ने दायित्वभित्र सहले बताए । राज्यको सर्वोच्च इकाई सर्वोच्च अदालत भएकाले शान्ति सम्झौता मर्मलाई ख्याल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण