२०२६ विश्वकप : ४८ टोलीको सहभागिता रहने
काठमाडाैँ । सन् २०२२ सम्मको विश्वकपमा कूल ३२ टोलीले सहभागिता जनाउँथे । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो ।
तर, सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । उक्त विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउने पाउनेछन् ।
जसमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिको तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्दैछ ।
फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।
समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।
२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ । १६ सहरमा विश्वकप आयोजना हुनेछ । २०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण