२०२६ विश्वकप : ४८ टोलीको सहभागिता रहने

काठमाडाैँ । सन् २०२२ सम्मको विश्वकपमा कूल ३२ टोलीले सहभागिता जनाउँथे । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो ।
तर, सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । उक्त विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउने पाउनेछन् ।
जसमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिको तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्दैछ ।
फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।
समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।
२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ । १६ सहरमा विश्वकप आयोजना हुनेछ । २०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने