आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो ।
यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो । पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ । यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ भने सम्पादन पनि राम्रो छ । पौडेलले पुस २८ मा राष्ट्रपतिको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण