शीतलनिवास छिरेका रामचन्द्रको हुलियाबारे चर्चा, गालाको कोठी कसले मेटायो ?
काठमाडौँ । सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ तस्बिर आफ्नो वेबसाइटमा अपलोड गर्यो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर हटाउँदै राष्ट्रपति कार्यालयले आफ्नो वेवसाइटमा अपलोड गरेको पौडेलको तस्बिरका बारेमा यतिबेला सामाजिक सञ्जलामा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
प्रसंग हो, राष्ट्रपतिको गालामा रहेको कोठी गायव भएको विषय । पौडेलको दुबै गालामा रहेको कोठी शीतलनिवासको वेबसाइटमा अपलोड गरेको तस्बिरमा देखिँदैन । अर्थात पौडेलको हुलिया नै परिवर्तन हुनेगरी अनावश्यक रुपमा तस्बिर सम्पादन गरेर वेबसाइटमा अपलोड गरिएको हो ।

यस्तै अनुहारको छालाको स्वरुप समेत बदलिएको छ । शपथ र त्यसपछि पौडेलले पदभार ग्रहण गरेको तस्बिरमा पनि उनको कोठी प्रस्ट देखिन्छ । तस्बिर अपलोड गर्दा किन यसरी तोडमोड गर्ने काम भएको भन्ने खुल्न सकेको छैन ।
सोही तस्बिरको विषयमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आइरहेपनि सोमबार राति अबेरसम्म शीतल निवासको आधिकारिक वेबसाइट (प्रेसिडेन्ट डट जीओभी डटएनपी) मा उही हुलिया बदलिएको तस्बिर रहेको छ । शीतल निवास छिर्ने बित्तिकै हुलिया बदलिएको रामचन्द्रको उक्त तस्बिर फेरिन्छ या सोही कायम हुन्छ त्यो भने हेर्न बाँकी छ ।
सोमबार शपथ गरेका पौडेलले सोमबार नै पहिलो निर्णयस्वरुप गैरआवासीय राजदूत नियुक्त गरेका थिए । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । सो अघि उनले कामु प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण