शीतलनिवास छिरेका रामचन्द्रको हुलियाबारे चर्चा, गालाको कोठी कसले मेटायो ?

काठमाडौँ । सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ तस्बिर आफ्नो वेबसाइटमा अपलोड गर्यो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर हटाउँदै राष्ट्रपति कार्यालयले आफ्नो वेवसाइटमा अपलोड गरेको पौडेलको तस्बिरका बारेमा यतिबेला सामाजिक सञ्जलामा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
प्रसंग हो, राष्ट्रपतिको गालामा रहेको कोठी गायव भएको विषय । पौडेलको दुबै गालामा रहेको कोठी शीतलनिवासको वेबसाइटमा अपलोड गरेको तस्बिरमा देखिँदैन । अर्थात पौडेलको हुलिया नै परिवर्तन हुनेगरी अनावश्यक रुपमा तस्बिर सम्पादन गरेर वेबसाइटमा अपलोड गरिएको हो ।
यस्तै अनुहारको छालाको स्वरुप समेत बदलिएको छ । शपथ र त्यसपछि पौडेलले पदभार ग्रहण गरेको तस्बिरमा पनि उनको कोठी प्रस्ट देखिन्छ । तस्बिर अपलोड गर्दा किन यसरी तोडमोड गर्ने काम भएको भन्ने खुल्न सकेको छैन ।
सोही तस्बिरको विषयमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आइरहेपनि सोमबार राति अबेरसम्म शीतल निवासको आधिकारिक वेबसाइट (प्रेसिडेन्ट डट जीओभी डटएनपी) मा उही हुलिया बदलिएको तस्बिर रहेको छ । शीतल निवास छिर्ने बित्तिकै हुलिया बदलिएको रामचन्द्रको उक्त तस्बिर फेरिन्छ या सोही कायम हुन्छ त्यो भने हेर्न बाँकी छ ।
सोमबार शपथ गरेका पौडेलले सोमबार नै पहिलो निर्णयस्वरुप गैरआवासीय राजदूत नियुक्त गरेका थिए । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । सो अघि उनले कामु प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा