शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसमा सार्वजनिक बिदा, पृथ्वी जयन्ती र यी दिवसमा पनि बिदा (सूचीसहित)

बिहीबार, ०२ चैत २०७९, २० : ३३
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । सरकारले पहिलो पटक क्यालेन्डरमै जनयुद्ध दिवसलाई समेटेको छ । २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्डरमै बिदाको सूची समेटेको छ।

  

गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । 

यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ । 

यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ।

bida

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप