जनयुद्ध दिवसमा सार्वजनिक बिदा, पृथ्वी जयन्ती र यी दिवसमा पनि बिदा (सूचीसहित)
बिहीबार, ०२ चैत २०७९, २० : ३३
काठमाडौँ । सरकारले पहिलो पटक क्यालेन्डरमै जनयुद्ध दिवसलाई समेटेको छ । २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्डरमै बिदाको सूची समेटेको छ।
गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ ।
यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।
यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण