जब म मुस्कुराउँछु

सिरसिरे हावा चलिरहेको मौसम
जहाँ तिमि अनि म
त्यो हावा,
त्यो जङ्गल,
त्यो सुन्दर प्रकृति
सुनसान ठाउँ,
मात्र तिमी अनि म
एक सुन्दर जोडी
अझ भनौँ त
चखेवा को जोडी जस्तै
आहा !
जब बिस्तारै हावा चलिरहेको बेला
मेरो कपाल उड्छ,
तिमी मेरो कपाल पन्छ्याउदै
आँखा मा आँखा जुधाउँदै
तिमी मेरो चिउँडोमा ,
कोमल औलाले स्पर्श गर्दै
प्रेम रुपी शब्द ले पुकार्दै
आफ्नो मायाको आभास दिलाउँदै
मलाई मुस्कुराउन बाध्य बनाउनेछौ ।
जब म मुस्कुराउँछु
तब तिमी पनि उसैगरी मुस्कुराउनेछौ
अनि हामी लाई महसुस हुनेछ
कि अब तिमि र म बाट
हामी भन्ने चाहाना अङ्कुराईसकेको हुनेछ ।
हाम्रो त्यो चाहाना लाई सफल पार्न
एक अर्काको लागि ज्यान
दिन तयार हुनेछौ ।
त्यो हाम्रो इच्छा,
त्यो हाम्रो चाहाना,
त्यो हाम्रो प्रेम,
त्यो हाम्रो माया,
को अगाडि कोही कसैको केही चल्ने छैन ।
जब एउटा साँचो प्रेम
सफल हुनको लागि
कसैले रोक्ने छैन ।
एउटा सुन्दर सन्सार
निर्माण गर्नको लागि
हामी अथक प्रयास गर्नेछौ
आखिर प्रेम न हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण