चैत २५ गतेदेखि टीकापुर साहित्य महोत्सव हुने
काठमाडौँ । टीकापुर साहित्य समाजले यही चैत २५ गतेदेखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, पुरातत्त्व, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हरेक दिन सातवटा अन्तरबहसका सत्रहरू (महोत्सव अवधिभर जम्मा २१ वटा सत्रहरू) सञ्चालन हुनेछन् ।
महोत्सवको पहिलो दिन सुविख्यात लेखक तथा स्तम्भकार सिकेलालबाट साहित्यमार्फत सामाजिक सद्भावु शीर्षकमाथि विद्वत प्रवचन हुनेछ । त्यस्तै प्रदेश सरकारका माननीय मुख्य मन्त्री, मन्त्रीहरू, सङ्घीय संसद् र सुदूरपश्चिम प्रदेशसभाका सदस्य, राजनीतिक दलका नेता तथा सामाजिक अगुवा र स्थानीय निकायका प्रतिनिधिहरूसँग प्रदेशको सर्वाङ्गीण विकास तथा साहित्य, संस्कृतिबारे अन्तरक्रिया गरिनेछ ।
देशका प्रमुख राजनैतिक पार्टीका नेता, अर्थ, शिक्षा, पर्यटन, मानव समाज तथा विकास क्षेत्रका विज्ञ, प्रतिष्ठित उद्योगी व्यवसायी, मूर्धन्य लेखक, कवि, साहित्यकार तथा पत्रकारहरूसँग भाषा, साहित्य, कला, रंगमञ्च, चलचित्र, पत्रकारिता, तथा देशको अर्थतन्त्र, शिक्षा, विकास, पर्यटन तथा सामाजिक सद्भाव लगायत अन्य विविध विषयहरूमा छलफल, अन्तर्क्रिया र बहस हुने समाजले जनाएको छ ।
प्रत्येक साँझ पहिलो दिन काव्यसन्ध्या, दोस्रो दिन गजलसन्ध्या र तेस्रो तथा अन्तिम दिन सङ्गीतसन्ध्या कार्यक्रम आयोजना गरिने छ ।
त्यसै गरी नेपाली कला र चलचित्र जगतका चर्चित अभिनेता, अभिनेत्रीका साथै स्थापित तथा प्रतिभाशाली कलाकारहरूसँग कलाका विविध आयामहरूबारे संवाद गरिने पनि समाजको भनाई छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन विकास, उद्योग, व्यापार, जलस्रोत, शैक्षिक र सामाजिक अवस्था आदिबारे कलाकर्मी, संस्कृतिकर्मी, पर्यटन व्यवसायी, उद्योगपति, सामाजिक अभियन्ताहरूसँग छलफल र अन्तरक्रिया गरिनेछ भने टीकापुर क्षेत्रको विकासका सम्भावनाबारे सम्बन्धित विषय विज्ञहरूसँग चर्चा-परिचर्चा गरिनेछ ।
समाजबाट घोषणा गरिने २०७८ सालको सम्मान तथा पुरस्कार सम्बन्धित स्रष्टाहरूलाई समर्पण गरिने कार्यक्रम पनि रहेको छ । भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकहरूलाई सम्मान, पुरस्कार र अभिनन्दन पनि गरिने समाजको भनाई छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश तथा देशभरबाट करिब १५० जना आमन्त्रित अतिथिहरूको सहभागिता रहने समाजले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण