बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सडक शिलान्यासका लागि प्रधानमन्त्री र उपप्रधानमन्त्री गोर्खा जाँदै

सोमबार, ०६ चैत २०७९, १५ : २८
सोमबार, ०६ चैत २०७९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्ने भएका छन् । पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत गोर्खा जाने कार्यक्रम छ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्वन्यनमा बिशेष पहल गरेका थिए । यो योजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ। पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैया छ।

वूड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्। योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान  सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोर्खाले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप