सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले किन समर्थन फिर्ता लियो बुझ्न सकेको छैन : प्रभु साह

सोमबार, ०६ चैत २०७९, १७ : ००
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले एमालेले किन प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लियो भन्ने विषयमा बुझ्न नसकेको बताए । संसदमा बोल्दै साहले जिम्मेवार पार्टीलेविना कारण प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बताए । 

 ‘मैले यो सरकारलाई सुरुदेखि नै समर्थन गर्दै आएको छु’ साहले भने, ‘त्यतिबेलाको एमालेले किन समर्थन फिर्ता लियो बुझ्न सकेको छैन ? जिम्मेवार पार्टीले बताउन सक्नु पर्ने थियो किन समर्थन फिर्ता लिनुप¥यो ? किन समर्थन गरियो किन फिर्ता लिनुभयो दलको नेताले बोल्नुपर्ने हो । उहाँ बोल्नु भएन ।’ 

देशमा अस्थिरता ल्याउन विभिन्न ढंगले खराब प्रवृत्ति प्रकट हुने गरेको साहले बताए । ‘यतिबेला हामीलाई स्थिरता चाहिएको छ । हाम्रो गणितले भन्छ स्थिरताका लागि सहमतिमा हिँड्नुपर्छ । देशमा एउटा प्रवृत्ति छ जसरी पनि अन्योल बनाइ राख्ने र निहित स्वार्थ पुरा गर्ने छ । यस्ता खालका प्रवृत्ति विभिन्नढंले प्रकट हुँदै आएका छन्’ साहले भने, ‘कहिले लोभ्याउने ढंगले हुन्छ कहिले अमुख व्यक्तिलाई बाहिर राख्नुपर्छ भन्ने प्रवृत्ति छ । देशमा स्थिरता हुँदैन । जनतालाई चिन्तित बनाउने प्रवृत्ति छ । यो प्रवृत्ति सबैभन्दा खतरनाक हो । यो प्रवृत्तिबाट मुक्त हुन सकेनौं भने देशलाई बनाउन सक्दैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप