युक्रेनलाई हतियार दिने अमेरिका हो चीन होइन : चिनियाँ विदेश मन्त्रालय
बेइजिङ । द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् ।
‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भनेका छन् ।
चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताएका छन् । ‘युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो,’ वाङले संयुक्त राज्य अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरेका छन् ।
अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ, वाङले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण