मस्कको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’

काठमाडौँ । गुगलले एलन मस्कको ओपन एआईले ल्याएको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्नका लागि ‘च्याटबोट बार्ड’ सार्वजनिक गरेको छ । तर, यो एआई १८ वर्ष पुगेका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । यसअघिदेखि नै मस्कले माइक्रोसफ्टसहितको सहभागितामा च्याट जीपीटी ल्याएको थियो ।
बार्डले प्रयोगकर्तालाई गलत सूचना नदिने दाबी गुगलले गरेको छ । अब गुगलको च्याटबोट बार्डले समेत च्याट जीपीटीले जस्तै प्रयोगकर्ताको हरेक प्रश्नको उत्तर आफैँ दिने छ । एआई च्याटबोट मानिसहरुको प्राकृतिक प्रश्नहरूलाई सहजै सम्बोधन गर्नेगरी डिजाइन र प्रोग्रामिङ गरिएको बीबीसीमा उल्लेख छ ।
यसअघि, सन् २०२२ को नोभेम्बरमा च्याट जीपीटी सार्वजनिक हुँदा एक हप्ताभन्दा कम समयमा १० लाखभन्दा धेरै प्रयोगकर्ता बटुलेको थियो । च्याट जीपीटीले जस्तै च्याटबोटले पनि सबै विषयमा भाषण लेख्न सक्षम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर