काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिका र ट्रष्टबीच सम्झौता
काठमाडौँ । काठमाडौँ प्लाजा भाडामा लिन काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ । बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी महानगरले सम्झौता गरेको हो। उक्त सम्झौता १० वर्षका लागि हुने छ भने ५ वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुनेछ ।
२०७२ को भूकम्पले बागदरबार भवन जीर्ण भएपछि महानगरले जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअटाएपछि विभागहरूलाई फरक–फरक ठाउँमा राखिएका छन् ।
सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर नगरिने सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण