शुक्रबार गण्डकी सरकारबाट बाहिरिने माओवादी मन्त्रीहरुको तयारी
_X5qp0oLqMf.jpg)
पोखरा । गण्डकी प्रदेश सरकारका माओवादी मन्त्रीहरुले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदीय दलका नेता हरिबहादुर चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थिए । चुमानका अनुसार शुक्रबार संसदीय दलको बैठक डाकिएको छ ।
स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गर्नेछ । ‘मुख्यमन्त्री काठमाडौं हुनुहुँदो रैछ । संसदीय दलको बैठकले भोलि सरकारबाट बाहिरने र समर्थन पनि फिर्ता लिन निर्णय गर्छ,’ ती माओवादी सांसदले भने, ‘मुख्यमन्त्री काठमाडौंबाट फर्केपछि दुवै जना मन्त्रीहरुले राजीनामा दिने र भोलि नै (शुक्रबार) सरकारलाई दिएको राजीनामा पनि फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई गराउँछौं ।’
माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । दुवैले भोलि नै मुख्यन्त्री खगराज अधिकारीलाई राजीनामा दिने तयारी भएका हुन् । मुख्यमन्त्री अधिकारी काठमाडौं भएकाले भोलि पोखरा आइपुगेलगत्तै राजीनामा बुझाउने माओवादीका एक मन्त्रीले बताए ।
‘सरकारबाट बाहिरिने निर्णय हुन्छ । तर, मुख्यमन्त्री बाहिर भएकाले बुझाउन पाइन्छ पाइँदैन थाहा छैन,’ ती मन्त्रीले भने । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धर्मराएको हो । मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादी सांसदले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?