‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भए पनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् । प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी रहेका थिए ।
उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएको आफ्नो पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदा खेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाहिँ नमुना हो यो ?’
सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाइ गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे । उनले भने, ‘ अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्ने गरी, इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण