बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’

मङ्गलबार, ३० वैशाख २०८२, १३ : ३४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भए पनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् । प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी रहेका थिए । 

उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएको आफ्नो पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदा खेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाहिँ नमुना हो यो ?’

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाइ गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे । उनले भने, ‘ अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्ने गरी, इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप