न्यायालय
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
मङ्गलबार, ३० वैशाख २०८२, १३ : ४९

काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गरेका थिए । अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।
पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग
-
राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत
-
प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पाेरेशन’ प्रमुखबिच भेटवार्ता
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे