सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको बताएका हुन् ।
सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुने गरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्ली हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदै छ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ । यो के भएको हो ?’
उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफू आशावादी रहेको बताए । उनले थपे, ‘स्वयं सत्ताधारी साथीहरू सम्माननीय प्रधानमन्त्रीले समेत बाटोको भ्रमण गरेको सुनेको छु । एउटा ठेकेदार हटाएर अर्को ठेकेदार आउँदा पनि काम नगर्ने किन ? फेरि पनि भन्छु मैले पत्याई नपत्याई सरकारले गर्ला भन्ने कम आशा छ । अब कमसेकम मतदातालाई सुनाउनकै लागि भए पनि सरकारले के कारणले त्यो बाटो बनेन त्यसबारेमा केही बोलोस् । अबको बजेटले सडक तुरुन्त निर्माण हुने वातावरण बनाओस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा
-
मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री
-
रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान
-
कुलमानको दाबीमा महालेखाको अब्जेक्सन : प्राधिकरणको नाफा यथार्थपरक छैन