‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालले हिमाली पर्यटनलाई विविधीकरण गर्नुपर्ने बताएका छन् ।
बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद कार्कीले नेपालले लामो समयदेखि हिमाली पर्यटनलाई मात्रै ध्यान दिँदै आएको तर हिमाल पग्लिँदै गएको अवस्थामा यसको विकल्पमा धार्मिक र सांस्कृतिक पर्यटनमा जानुपर्ने उल्लेख गरेका हुन् ।
‘पर्यटनलाई हामीले केवल हिमाल केन्द्रित बनाएका छौँ । चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला हुन थालेका छन् । अब सांस्कृतिक र धार्मिक पर्यटक भित्र्याउने केही न केही प्रावधान ल्याउनुपर्छ । रामजानकी मन्दिरलाई अघि बढाएर भारतबाट पर्यटक ल्याउनुपर्छ,’ उनले भने ।
उनले बजेट अर्थशास्त्रको विषय भएको भन्दै यो निरस हुने भए पनि जनतासँग जोडिने बताए । उनले आगामी वर्षमा कृषि, रोजगारी, ऊर्जा, पर्यटन र आईटी क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए ।
उनले पहाडी क्षेत्रमा विकास भए पनि जनसंख्या घट्दै गएको र बाँदर आतंकले गर्दा बस्न सक्ने अवस्था समेत नरहेको भन्दै खर्च अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । ‘कस्तो विकासले हाम्रो जीवनस्तरमा परिवर्तन आउन सक्छ भन्ने छलफल गरौँ’ उनले भने ।
उनले नयाँ आर्थिक वर्षको बजेटमा कृषिको बजेट दोब्बर बनाउन, आईटी ग्रीन इनर्जी र पर्यटनमा आधारित उद्योगलाई कर छुटको व्यवस्था गर्न, नियम अनुगमन र मूल्यांकन प्रणालीलाई मजबुत बनाउन, करदाताको सेवामा ध्यान दिन तथा बजेटलाई कार्यान्वयनयोग्य दस्ताबेजको रूपमा ल्याउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण