निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी बागमती प्रदेशसभा सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक १ः३० बजेबाट सुरु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आफ्नो धारणा राख्ने समय पनि निर्धारण गरिएको छ ।
प्रदेशसभाको आजको बैठकमा एमालेका सांसदहरुको उपस्थिति न्यून छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका थपलियाले संसदबाट आफ्नो धारणा राख्दै सरकारबाट बाहिरिने घोषणा समेत गर्ने तयारी छ ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था छ । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री नियुक्त भएको ६७ दिनमा जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण