सिरहाबाट एसईईमा १० हजार विद्यार्थी सहभागी हुँदै
सिरहा । सिरहाबाट एसईई परीक्षामा १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । चैत १७ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एकसय ७१ विद्यालयबाट १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका हुन् । परीक्षामा ४ हजार ६ सय ९२ छात्रा र ५ हजार चार सय ५८ छात्र सहभागी हुन लागेका छन् । । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट तीन सय ४९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचका लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । परीक्षा केन्द्रहरु निर्धारणको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणीहरु भएका छन् । तर शिक्षा समन्वय इकाई प्रमुख महतोले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले केन्द्रहरु निर्धारण गरिएकाले आशंका नगर्न अनुरोध गरे ।
उनले सबै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निधारण गरिएको बताए । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईरहेको प्रमुख महतोले जानकारी दिए । तोकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिकाको पुगिसकेको पनि उनले बताए । उनले अब चाँडै अभिमुखीकरण गरि पायक पर्ने प्रहरी कार्यालयहरुमा उत्तरपुस्तिका पठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण