शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहाबाट एसईईमा १० हजार विद्यार्थी सहभागी हुँदै

शनिबार, ११ चैत २०७९, १२ : ०८
शनिबार, ११ चैत २०७९

सिरहा । सिरहाबाट एसईई परीक्षामा १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । चैत १७ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एकसय ७१ विद्यालयबाट १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका हुन् । परीक्षामा ४ हजार ६ सय ९२ छात्रा र ५ हजार चार सय ५८ छात्र सहभागी हुन लागेका छन् । । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट तीन सय ४९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचका लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । परीक्षा केन्द्रहरु निर्धारणको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणीहरु भएका छन् । तर शिक्षा समन्वय इकाई प्रमुख महतोले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले केन्द्रहरु निर्धारण गरिएकाले आशंका नगर्न अनुरोध गरे ।

उनले सबै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निधारण गरिएको बताए । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईरहेको प्रमुख महतोले जानकारी दिए । तोकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिकाको पुगिसकेको पनि उनले बताए । उनले अब चाँडै अभिमुखीकरण गरि पायक पर्ने प्रहरी कार्यालयहरुमा उत्तरपुस्तिका पठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप