मलंगवाबाट १ सय ८८ केजी गाँजा बरामद
आइतबार, १२ चैत २०७९, १२ : ३५

काठमाडौँ । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले जानकारी दिए ।
मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको हो । सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
-
जेठ १९: दरबार हत्याको २४ औँ स्मृति दिवस
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार