पारिश्रमिक नपाएपछि धनगढीका स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । लामो समयदेखि तलब भत्ता नपाएको भन्दै धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् । उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना समेत दिएका छन् । धनगढी उपमहानगरपालिकामा
कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उप–महानगरपालिका प्रशासन शाखामा हाजिरी गरी नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधेर धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम गर्ने भएका छन् ।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब भत्ता नपाएको गुनासो गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी