क्षेत्री समाज युकेको अध्यक्षमा थापा
लन्डन । क्षेत्री समाज युकेमा श्रद्धा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो । थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष थिइन्। यस पटक नयाँ कार्यसमितिमा महिलाको बाहुल्यता छ ।
मार्च २५ तारिख आइतबार अल्डरसटस्थित एम्पाएर हलमा सम्पन्न साधारण सभाले सम्पूर्ण पद निर्विरोध निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा श्रद्धा थापा, उपाध्यक्षहरु टेकबहादुर घर्ती र दीर्घ केसी, महासचिवमा ध्रुवबहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सह–कोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेसन सेक्रेटरीमा दिलबहादुर जिसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, वुमन कोअर्डिनेटरमा माया केसी निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, आनन्द थापा, अजय थापा र रामबहादुर कार्की (शिव) छन् । बाँकी रहेका केही पदहरू निकट भविष्यमा पूर्ति गरिने जनाइएको छ । अध्यक्ष निर्वाचित थापाले विगतमा रहेका अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबैप्रति आभार व्यक्त गरिन् । उनले समाजमा युवा पिँडीलाई समेत आकर्षित गर्न विभिन्न योजना ल्याउने पनि बताइन् ।
महासचिव ध्रुवबहादुर गौतमले संस्थालाई नयाँ र फरक शैलीमा अगाडी बढाउने बताएका छन् । नयाँ पुस्तालाई आकर्षित गरेर संस्थालाई थप प्रभावकारी बनाउनुपर्ने नयाँ समितिले प्रतिबद्धता व्यक्त गरेका छन् ।
निवर्तमान अध्यक्ष यज्ञ क्षेत्रीले कोभिड लगायत विविध कारण संस्थालाई सोचेजस्तो अगाडि लैजान नसकिएको जनाउँदै आफूले सधैँ सक्दो सहयोग गर्ने बताए । सन् २००७ मा स्थापित ‘क्षेत्री समाज युके’ बेलायतमा बसोबास गर्ने क्षेत्रीहरूको साझा सामाजिक संस्था मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण